३२ जनाको निधन भएको बस दुर्घटना हुनुको कारण यस्तो।

मुगु := मुगुमा हिजो भएको बस दुर्घ’टनामा परी मृ,त्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपाल गञ्जमा उपचारको क्रममा मृ,त्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घ’टनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृ,त’कको सनाखत हुन समय लाग्ने जानकारी दिनुभयो ।

प्रहरीले चालक तर्फको टायर प’ञ्चर भई दुर्घ’टना भएको हुन सक्ने अनुमान गरेको छ । यद्यपि दुर्घ’टनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल ख’सेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए । घा’इतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पु¥याइएको थियो ।

घा’इतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घा’इते छ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृ,त’क मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घ’टना लगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि ख’टिएका थिए ।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घ’टनाको खबर आउने बित्तिकै उ’द्धार गरेर उपचारका लागि पठाइएको बताउनुभयो । उहाँका अनुसार हाल १३ जना उपचाररत छन्। ‘बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । ए’क्कासी केही प’ड्कि’एको आवाज आयो । त्यसपछि गाडी अनिय’न्त्रित भएर प’ल्टियो ।

चार ब’ल्ड्याङ खाँ’दासम्म हो’स थियो । त्यस पछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार रत मुगु दुर्घ’टनाका घा’इते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो । कहाली लाग्दो दुर्घ’टनामा बाँ’चेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घ’टना हुँदा खेरीको अवस्था बताएका हुन् । उनको भनाइमा चालकले राम्रै चलाएका थिए । ‘दुर्घ’टनामा ड्राइभरको दोष भए जस्तो लाग्दैन,’ उनी सुनाउँछन् ।