नेपाली दूतावासद्वारा दशैँको उपलक्ष्यमा शुभकामना व्यक्त, दूतावास दुईदिन बन्द रहने।

क्वालालम्पुर (मलेसिया) := मलेसिया स्थित नेपाली राजदूतावासले मलेसिया , इन्डोनेसिया , ब्रुनाई , फिलिपिन्स मा रहनु भएका नेपालीजनहरुमा नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व विजयादशमी (बडादशैँ) २०७८ को शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छ्न।

दूतावासले एक सुचना जारी सम्पुर्ण नेपालीजनहरुमा शुभकामना व्यक्त गर्नुभएको हो। साथै विजयादशमीको उपलक्ष्यमा दूतावासको कार्यालयबाट प्रभाव हुने सम्पुर्ण सेवाहरु दुई दिनसम्म बन्द रहने जनाएका छ्न।

दूतावासले जारी गरेको सुचनमा लेखिएको छ , महानवमी र विजयादशमीको दिन यहीँ नेपाली मिति २०७८ साल असोज २८ गते बिहिवार र असोज २९ गते शुक्रवार अङ्ग्रेजी मिति सन् २०२१/१०/१४ र १५ तारिख गरि दुईदिन दूतावासको कार्यालय बन्द रहने जनाएका हुन्।