शाहरूखका छोरालाई १४ दिन न्यायिक हिरासतमै राख्ने।

मुम्बई := बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यन र अरू सातजनालाई न्यायिक हिरासतमा पठाइएको छ । बिहीबार अदालतमा भएको सुनुवाइपछि आर्यन खान, अर्बाज मर्चेन्ट र मुनमुनलगायत आठजनालाई १४ दिने न्यायिक हिरासतमा पठाइएको हो ।

लागूऔषधसम्बन्धी मुद्दामा पाँच दिन नारकोटिक्स कन्ट्रोल ब्युरोको हिरासतमा बसेका उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको हो । एनसीबीको टोलीले अक्टोबर २ मा आर्यनसहितले पानीजहाजमा गरिरहेको ‘रेव पार्टी’ मा छापा मारेको थियो । अक्टोबर ३ मा एनसीबी टोलीले पक्राउ गरेको हो । यता, आर्यनका वकिल सतीश मानसिन्देबाट अन्तरिम जमानतका लागि निवेदन दिइएको छ ।  त्यसको सुनुवाइ शनिबार हुँदै छ ।