बडा दशैँको अवसरमा नेपाली जनसम्पर्क समिती मलेसियाद्वारा शूभकामना आदानप्रदान सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको प्रवास संगठन नेपाली जनसम्पर्क समिती मलेसियाले चाडपर्वको अवसरमाइ शूभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

हिजो असोज २१ गते बिहिवारको दिन भर्चुअल माध्यममार्फत एक कार्यक्रमको आयोजना गरि नेपाली हिन्दू धर्मावलम्बीहरुको महानचाड बडा दशैँ घटस्थापनाको अवसरमा जन सम्पर्क समिती मलेसियाको कार्यसमिति बिचमै एक – अर्काबिच शूभकामना साटासाट गरि शूभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो।

भर्चुअल माध्यमको प्रयोगबाट समितीका सभापति चोलाकान्त पङ्गेनीको सभापतित्वमा सम्पन्न भएको सो शूभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन कार्यसमितीका महामन्त्री हरि कोईरालाले गर्नुभएको थियो।

कार्यक्रममा समितीका सभापति चोलाकान्त पङ्गेनी , उप-सभापति कमल गौतम , चक्र मल्ल ठकुरी , राकेश कुमार महतो , महामन्त्री हरि कोईराला , कोषाध्यक्ष गणेश राउत , सह-कोषाध्यक्ष लाल खड्का त्यस्तै सदस्यहरु क्रमशः दिपक तामाङ , घनश्याम चौधरी (आरएन थारु) , जलान्धार उप्रेती , कुमार ओझा , नरेन्द्र लामा , यज्ञ कुमार राई , तेज कुमार राई , अञ्जु रेग्मी, चमेली लम्साल , नवराज बम , रामकुमार कटवाल लगायतकोले कार्यक्रममा उपस्थिति भैइ शूभकामना बक्तव्य दिनुभएको थियो।

त्यस्तै जनसम्पर्क समितीका सल्लाहकारहरु सन्तोष रिजाल , जितमान लिम्बू , सुमन याक्खा , जयराम तिमिल्सिना र राम कुमार राई लगायतले शूभकामना दिनुभएको थियो।