एजेन्सी := को’रो ना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा ठप्प झैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दैछ । बिहीबारबाट फिल्म हलहरू पुनः संचालनमा आएका छन्।
को’रो ना भाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दा समेत फिल्म हल भने खुल्न सकेका थिएनन् । हल पुनः सुचारु भएसँगै फिल्मकर्मी उत्साहित भएका छन् नै साथमा बलिउड फिल्म ‘उचाइ’को छायांकनले पनि।
अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा सहितको एक सय ८० जनाको टिम नेपालको हिमाली सुन्दरतालाई आफ्नो फिल्ममा कैद गरिरहेका छन् । यद्यपि फिल्मका मुख्य अभिनेतामध्येका एक अमिताभ बच्चन भने नेपाल नआउने भएका छन्।

उनको स्वास्थ्य लाई मध्यनजर गर्दै चिकित्सकले नेपाल आउने अनुमति नदिए पछि उनी नेपाल नआउने भएका हुन् । को’रो ना भाइरसका कारण ग’म्भीर बिरामी भएका अमिताभलाई हिमालमा चिसो बढी हुने भएकोले चिकित्सकलाई फिल्म सुटिङमा नजान सुझाव दिएका हुन्।
फिल्ममा अमिताभको डुब्लिकेट राजा चौधरीले काम गरिरहेका छन् । उनको ‘क्लोज सट’ भने मुम्बई मै प्रविधिको प्रयोग गरेर खिच्ने निर्माण पक्षकोे तयारी छ । अमिताभ नआउने भएसँगै उनीसँगै सिन रहेका डेनी डेन्जोङ्पा पनि नआउने भएका छन्।
बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ । अमिताभले सुरजसँग पहिलो पटक काम गर्दै छन्।




















