आइएमईका दुई भाग्यशाली विजेता सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव।

काठमाडौं:= आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफरअन्तर्गत दोस्रो हप्ताका विजेता घोषणा गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित हुनुभएको छ ।

सापकोटा र यादवले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार दुई सय ७८ र ३१ हजार छ सय ५३ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनुभएको थियो । अफरअनुसार आइएमईले निजको सिफारिसमा आफन्तलाई क्रमशः ७२ हजार पाँच सय सय ५६ र ६३ हजार तीन सय छ रुपैयाँ उपहारस्वरूप प्रदान गर्नेछ ।