प्रहरीले गर्‍यो करिनाको कार कब्जा।

मुम्बई:= बलिउड अभिनेत्री करिना कपुरको लक्जरी कार ‘पोर्श बक्सस्टर’ कार केरला प्रहरीले कब्जा गरेको छ । प्रहरीका अनुसार उक्त कार अभिनेत्री करिनाकै नाममा दर्ता छ । अहिले प्रहरी यो कागजात सही वा होइन भनेर जाँच गरिरहेको छ ।

कारण करिनाको यो कार पछिल्लो एक हप्तादेखि प्रहरीले खोज्दै गरेका व्यक्तिको हुन सक्ने आशंका प्रहरीले गरेको हो । ५२ वर्षीय मोनसन मावुंकललाई ठगीको आरोपमा प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार उहाँले करिब १० वर्षमा एन्टिक अर्थात् दुर्लभ चिजहरूको नाममा करोडौंलाई ठगी गरेको आरोप छ ।

सोही आरोपितबाट बरामद भएको २० वटा कारहरूमध्ये एउटा यही पोर्श बक्सटर थियो । जानी नजानी ठगीको नाममा अभिनेत्रीको नाम पनि जोडिएको छ ।