सलमान खानको मास्कमा के छ खराबी?

एजेन्सी := बलिउड अभिनेता सलमान खान आइतबार मुम्बइ फर्किएका छन् । उनी कैयौं दिनदेखि देशबाहिर सुटिङमा थिए । उनी टाइगर ३ को सुटिङमा व्यस्त थिए। मुम्बइ फर्किएपछि अब उनले बिग बोसको ग्रयाण्ड प्रिमियर सुटिङ गर्ने छन् । मुम्बइ एयरपोर्टमा देखिएको सलमानको लुक अहिले भाइरल भइरहेको छ ।

सलमानले कालो टिशर्ट, खुला निलो सर्ट, डेनिम जिन्स र ह्याट लगाएका थिए। उनको पहिरनभन्दा फ्यानको ध्यान उनको मास्कले तानेको थियो। सलमानले लगाएको मास्कमा एसके लेखिएको थियो। तर खास कुरा के भने मास्कमा लेखिएको अक्षर उल्टा देखिएको थियो ।

फ्यानहरुले सलमानले मास्क उल्टा लगाएका हुन् वा मास्कमा अक्षर नै उल्टा लेखिएको हो भन्ने बुझ्न सकेका छैनन् । यो मास्कलाई स्टुडियो सिक्स ज्वेल्सले डिजाइन गरेको थियो । सलमानले रुस, टर्की, अस्ट्रियामा कट्रिना कैफसँग फिल्म सुटिङ गरेर फर्केका हुन् । यो फिल्ममा इमरान हाशमी नकारात्मक भूमिकामा छन् ।