आज मिति २०७८ साल असोज १३ गते आश्विनकृष्ण ( पितृ) पक्ष : अष्टमी । सूर्याेदय ५ः५६, सूर्यास्त १७ः५१ बुधाष्टमी ।
मेष : पठन पाठनका क्षेत्रमा विशेष रुचि बढ्नेछ ।
वृष : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।
मिथुन : उदर पिडाले सताउँदा मानसिक तनाव हुन सक्छ ।
कर्कट : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
सिंह : नयाँ नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्न सक्छ ।
कन्या : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
तुला : धार्मिक कार्यमा सक्रिय सहभागीता हुन सक्छ ।
वृश्चिक : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
धनु : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
मकर : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
कुम्भ : बिशिष्ट व्यक्तित्वहरूसंग भेट गर्ने मौका मिल्न सक्छ ।
मीन : नसोचेको ठाउँमा धन खर्च हुन सक्नेछ ।




















