काठमाडौं := राजेश पायल राई, दयाहाङ राई र विल्सनविक्रम राई फरक–फरक विधाका सर्बाधिक लोकप्रिय कलाकारहरु हुन् । आ–आफ्नो विधामा यी तिनै जनाको गहिरो प्रभाव र हस्तक्षेप छ । राजेश पायल गायनमा, अभिनयमा दयाहाङ र हास्यमा विल्सनविक्रम । यी तिनै चर्चित हस्तीहरु एक साथ एउटै भिडियोमा देखिएका छन् ।
यी तीन हस्तीको देखिएको गीत ‘देम सारो’ गीतको भिडियो सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपाल लगायत चार देशमा ‘ट्रेन्डिङ’मा उक्लिएको छ । त्यसो त मेघा स्टारको रुपमा चिनिएका राजेश पायलले गाएको यो गीतका सृजक पनि उत्तिकै हस्ती हुन् । नेपाली साहित्यमा गहिरो हस्तक्षेप जनाइरहेका राजन मुकारुङले यो गीत लेखेका हुन् । उनले लेखेका गीतहरु पछिल्लो समयमा चर्चित छन्।
शुक्रबार साँझतिर सार्वजनिक गरिएको ‘देम सारो’ले शनिबारदेखि ‘युट्युब ट्रेन्डिङ’ मा तहल्का म’च्चाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कमैमात्र नेपाली गीत ट्रेण्डिङमा पर्ने गरेको छ । तीमध्ये पनि राजेश पायलका अधिकांश गीतहरु ट्रेण्डिङमा पर्न थालेका छन् । यो गीत पनि दुबई र कतारमा ‘युट्युब ट्रेन्डिङ’ मा छ । गायक राईका अनुसार आइतबार साँझ सम्म कतार दुबईमा ट्रेण्डिङ नम्बर वानमा पर्न केही दर्शकको मात्रै जरुरी छ ।
ट्रेण्डिङ नम्बर वानमा पार्नका लागि सेयरका लागि अनुरोध समेत गरेका छन्। उनले भनेका छन्:- नेपाली लगायत राई,पोर्चुगिस र स्पेनिश भाषामा गाइएको यस गीतको भिडियोमा तीन हस्तीसँगै रजनी गुरुङ र बुद्धि तामाङले अभिनय गरेका छन्। किरण चाम्लिङ राईले निर्देशन गरेको ‘देम सारो’ गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभावलार्य रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।




















