मानसिक सन्तुलन गुमाएका पुर्ण बहादुर मलेसियामै हराए, खोजी गरिदिनुहुन परिवारद्वारा अपिल।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डको क्षेत्रमा काम गर्दै आएका एक नेपाली श्रमिक बेपत्ता , सम्पर्क बिहिन भएका छ्न।

नेपाल ठेगाना खोटाङ जिल्ला केपिलासगाडी – ७ निवासी बिगत ३ बर्षदेखि मलेसियाको प्लाटिनम सेक्युरिटी सर्भिस एसडिएन बिएचडी कम्पनीमा आवद्ध रहि बुकितजलिल भन्ने ठाउँमा सुरक्षागार्डको क्षेत्रमा काम गर्दै आएका पासपोर्ट नम्बर १०६६२८३६ भएका ३२ बर्षिय नेपाली श्रमिक पुर्ण बहादुर राई बिगत केहि दिनदेखि मलेसियामै अच्चानक बेपत्ता भएका , हराएका हुन्।

मानसिक सन्तुलन गुमाएका पुर्ण बहादुर राईलाई चाडैंनै स्वदेश फर्काउने तयारी गरिरहेका उनका आफन्तहरुले जानकारी गराउनुभएको छ। तर कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि पिसिआर चेकजाँच गराउदा उनमा कोरोना पोजेटिभ देखिएको थियो , कोरोना संक्रमित देखिए पश्चात् पुर्णलाई होम क्वारेन्टाइनमै राखिएको थियो। होम क्वारेन्टाइनमा ४ दिन बसेपनी पछि आफैं बाहिर निस्केर कम्पनी छोडेर बेपत्ता भएको , हराएको सोही कम्पनीमा कार्यरत प्रकाश खरेलले बताउनुभयो।

मलेसियामा हराएका पुर्णलाई खोजिगरि दिनुहुनको लागी नेपालबाट नातामा उनका आफ्नै दाई गङ्गा बहादुर राईले सम्पुर्णमा हार्दिक अनुरोध सहित अपिल गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियामा निवेदन समेत पेश गरेका छ्न।

मलेसियामा मानसिक सन्तुलन गुमाएर हराएका पुर्ण बहादुरलाई मलेसियामा कार्यरत कोहि कसैले भेटाउनु भएमा उहाँको दाई गङ्गा बहादुर राईको सम्पर्क नम्बर , मलाया खबरको सम्पर्क नम्बर अथवा एनआरएनए मलेसियाको सम्पर्क नम्बरहरुमा फोन अथवा ह्वात्सएप मार्फत म्यासेज गरेर जानकारी दिनुहुन अनुरोध गर्दछौं।

गङ्गा बहादुर राई : +009779848943376
मलाया खबर : +601172328150