नेपाली काङ्ग्रेस बझाङ केदारस्यु गाउँपालिकाको सभापतिमा भण्डारी निर्वाचित।

[ समीर मल्ल ]

बझाङ : बझाङ जिल्लाको केदारस्यु गाउपालिकाको सभापतिमा शिवराज भण्डारी निर्बाचित भयका हुन। नेपालि काङ्ग्रेसको १४ औं महाधिवेशनबाट आइतबार सम्पन्न मतदानमा सभापतिका प्रत्यासीद्धय अहिन्द्र साही र कर्सिङ धामिलाइ पराजित गर्दै बिजय भएका हुन।

अन्य पदहरुका उम्मेदवार सर्बसम्मत निर्वाचित भय पनि सभापतिको लागि भने निर्बाचन नै भएको थियो । पालिका अधिवेशनमा जम्मा १३९ मत खसेको थियो , जसमध्ये भण्डारीले ४९ मत पायर बिजय भएका हुन।

उनका प्रतिस्पर्धी तथा केदारस्यु गा.पा. ४ का वडा अध्यक्ष समेत रहेका कर्सिङ धामिले ३८ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धि अहिन्द्र शाहिले ३० मत प्राप्त गरेका हुन भने २२ मत बदर भयको मतदान अधिकृतले जानकारी गराउनुभयो।
सहमतिका लागि शनिबार राती सम्म प्रयास गर्दा अरु पदमा सहमती भयपनी सभापतिमा सहमती हुन नसक्दा निर्वाचनबाट शिवराज भण्डारी सभापतिमा निर्बाचित हुनु भएको हो।

त्यस्तै उपसभापतिमा पदमराज भट्ट, धनसेर धामी सचिबमा सन्तोष मल्ल , करन बोहरा सह- सचिबमा रमेश मल्ल , पुरन खाती त्यसतै सदस्यहरुमा मंगल भन्डारी,जमुना बिस्ट बोहरा, लक्ष्मी बम मल्ल ,पार्बती दमाई ,गजेन्द्र बिस्ट,सम्बत रावल,मदन खाती,गोरे दमाई ,लक्ष्मी कु.जेठारा खाती , निर्मला देबि भन्डारी,कम्मान मल्ल,राजेन्द्र ब.मल्ल, गोरख ब. बोहरा, गोपा कु. बोहरा गुर्धामी , आइते बोहरा, माता देबि धामी ,चन्द्रबिर धामी ,धनबिर गुर्धामी, दिपक ब. धामी, मकर ब. धामी, बसन्ती बोहरा धामी,जनक ब. धामि, मदनराज जोशी , हरिकृष्ण जोशी, जीवन मल्ल, निर्मला कु. थापा गिरि, इन्द्र बोहरा रहनो भएको छ।

त्यसैगरि सदस्यहरुमा खस आर्य (पुरुष) बिरेन्द्र मल्ल, पदम बोहरा, धनसेर ब. भण्डारी, धन ब. धामी,मकर ब. धामी,पदम ओरसाद भट्ट ,जीवन भन्डारी ,त्यस्तै खस आर्य महिलातर्फ  जानकी कुमारी धामी , सपना कु. जागृ , गोपा कु. बोहरा गुर्धामी, दलितबाट मिठ्ठु बिक,रतना बिक, दिनेश बिक रहनो भयको छ। महिलाबाट निरा कु. भन्डारी रावल, लक्ष्मी कु. जेठारा खाती,निर्मला कु. डौडे, बिमला देबि गुर्धामी , रहनो भयको छ। प्रदेश शभा क्षेत्रीय अधिबेशन प्रतिनिधि अपांग बाट बिरेन्द्र ब. भण्डारी र गोबर्धन रावल लाई चयन गरेको छ।

सरल स्वभावका भन्डारी पन्चायत कालदेखीनै नेपालि काङ्ग्रेसको राजनीतिक पृष्ठभुमि भयका ब्यक्ति हुन भण्डारी। गाउँपालिकाको सचिवमा एक कार्यकाल काम गरिसकेका भण्डारीले युवाहरू माझ निकै लोक पृयता कमायका ब्यक्ती हुन। आफू सङ्ग पार्टी र संगठन प्रती पुर्ण बिश्वास रहेको र राजनिती भित्र भएका गलत प्रवृत्ति र कु-संस्कार लाई चिर्दै सबैलाई मिलाएर लाने, जाने सबैजसो जसो युवाहरु निर्बाचित हुनुभएकोले काम गर्न सजिलो हुने सभापतिमा निर्वाचित भण्डारीले बताउनु भयो।