इपीएल क्रिकेटमा चितवनको रोमाञ्चक जित।

काठमाडौं:= चितवन टाइगर्सले काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा रोमाञ्चक जित हात पारेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा चितवनले विराटनगर वारियर्समाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै विजयी सुरुवात गरेको हो ।

जितका लागि १५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । चितवनलाई जितका लागि अन्तिम ६ बलमा २ रन चाहिएको थियो । युवा स्पिनर अनिल खरेलले सुरुवाती पाँच बलमा १ रन खर्चेर १ विकेट लिएपछि खेल रोमाञ्चक बनेको थियो । अन्तिम बलमा एक रन चाहिएको अवस्थामा राजेश पुलामीले चौका प्रहार गर्दै चितवनलाई रोमाञ्चक जित दिलाउनुभएको हो ।

चितवनको जितमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिनुभयो । यस्तै भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ तथा इशान पाण्डेले १० रन जोड्नुभयो । त्यस्तै कप्तान सोमपाल कामी नौ, सेकुगे प्रसन्न तीन तथा कमलसिंह ऐरी र महमद शाहजाद एक रनमा पेभेलियन फर्किनुभयो ।

बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले दुई÷दुई विकेट लिनुभयो भने प्रतिश जिसी, रायन पठान र अनिल खरेलले एक÷एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गर्नुभयो ।

यस्तै, अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाउनुभयो । विक्रम भुसालले सात, रायन पाठनले चार, चन्द्रपाउल हेमराजले दुई तथा कप्तान करण केसीले एक रन जोड्नुभयो । सुमित महर्जन, प्रतिश जिसी र आसिफ शेखले खाता खोल्न सक्नुभएन । बलिङतर्फ चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई÷दुई विकेट लिनुभयो । जितसँगै चितवनले दुई अंक जोडेको छ ।

पोखरा र भैरहवाले अंक बाँडे

यस्तै, शनिबार नै भएको अर्को खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेका छन् । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् ।

टस जितेर पहिला ब्याटिङ थालेको पोखराले १०.१ ओभरमा ६५-७ को अवस्थामा खेल वर्षाका कारण रोकिएको थियो । निरन्तर वर्षाका कारण खेल सुचारु हुन सम्भव नहुँदा अंक बाँडेका हुन् । वर्षाले खेल रोकिनुअघि विक्रम सोब ७ र विवेक यादव १६ रनमा अविजित रहनुभएको थियो ।

त्यसअघि उसका रिचार्ड लेभी शून्य रनमै आउट हुनुभएको थियो । यस्तै, अर्का ओपनर सुनिल धमला १, विपिन रावल ६, विनोद भण्डारी शून्य र लोकेश बम शून्य रनमै आउट हुनुभयो । यस्तै आस्ले गुणरत्नेले २३ रन जोड्नुभएको थियो ।

भैरहवाका दुर्गेश गुप्ताले सानदार बलिङ गर्नुभयो । उहाँले ३ ओभरको स्पेलमा १ ओभर मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै, धम्मिका प्रसाद, अविनाश बोहरा र तुलबहादुर थापाले समान १–१ विकेट लिनुभएको थियो । विराटनगरले सोमबार काठमाडौं किंग्स इलाभेनसँग खेल्नेछ भने सोमबार नै चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्नेछ ।