ओमान := आइतबार राति कतारको दोहामा भएको नेपाल र ओमान विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल फराकिलो गोल अन्तर ७-२ गोल अन्तरले पराजित भएको छ।
पहिलो हाफमा २-१ गोल अन्तरले अग्रता बनाएको बलियो टोली ओमानले दोस्रो हाफमा झन अग्रता बढाएको थियो ।ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले २ गोल गरे ।
फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले १/१ गोल गरे । नेपालका लागि आयुस घलान र अनन्त तामाङले १/१ गोल फर्काए । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली टिम आज माल्दिभ्स प्रस्थान गर्दैछ ।




















