नेपाल फार्मेसी संघ सुदूरपश्चिमले मनायो बिश्व फार्मेसीस्ट दिवस

 

समीर मल्ल

25 सेप्टेम्बर अर्थात बिश्व फार्मेसीस्ट दिवस नेपाल फार्मेसी संघ सुदूरपश्चिमले विभिन्न कार्यक्रमका साथ मनायो । सुदूरपश्चिमका दुई ठुला शहर धनगढी र महेन्द्रनगरमा विभिन्न ठाउँमा कार्यरत सम्पुर्ण फार्मेसीस्ट ,असिस्टेन्ट फार्मेसीस्ट तथा पेशा सङ्ग आबद्ध जनशक्तिको साथ सहयोगमा बिश्व फार्मेसीस्ट मनाइयको समितिका महासचिव राजेश भट्टले बताउनो भयो

सुदूरपश्चिमको धनगढीमा अवस्थित भागेस्वर एकेडेमी फर हेल्थ साइन्स र महेन्द्रनगरमा अबस्थित फारवेस्ट स्कुल अफ मेडिसिनको सहकार्यमा सम्पुर्ण विद्यार्थी तथा शिक्षक बर्ग संघ उक्त दिवस मानाइयको हो ।

बिश्व फार्मेसीस्ट दिवसको अबसरमा भागेस्वर एकेडेमी फर हेल्थ साइन्स र नेपाल फार्मेसी संघ सुदूरपश्चिम समितिको उपस्थितिमा विभिन्न प्रभावकारी कार्यक्रम तथा र्याली स्कुल , सामाजिक बिकास मन्त्रालय र मुख्यमन्त्री कार्यालय देखि जिल्ला प्रसासन कार्यालय हुँदै पार्क मोडमा कोण सभा सम्पन्न गरि भागेस्वर एकेडेमी फर हेल्थ साइन्स कलेजको प्राङ्गणमा जलपान कार्यक्रम गरियको थियो ।

उक्त कार्यक्रम पश्चात् सम्पुर्ण अग्रज फार्मेसीस्टको उपस्थितिमा बिद्यार्थी बर्गसंघ अन्तरक्रियातमक कार्यक्रम पनि राखियको थियो । उक्त कार्यक्रमको सभापतित्व भागेस्वर एकेडेमी फर हेल्थ साइन्सका क्यामपस प्रमुख नेत्र प्रसाद उपाध्यायले गर्नो भयको थियो भने अथितिमा नेपाल फार्मेसी संघ सुदूरपश्चिमका सल्लाहकार नारायण भट्ट ,दिपेश जोशी तथा विभिन्न अस्पताल तथा फार्मेसी सङ्ग आबद्ध ब्यक्तिहरु रहेको समितिका महासचिव भट्टले बताउनो भयो

उक्त कार्यक्रममा बिद्यार्थीहरुका गुनासाहरु सङ्गको अन्तरक्रियामा संयोजकत्व समितिका उपाध्यक्ष महेश शाहिले गर्नोका साथै कार्यक्रमको ब्यब्स्थापन समितिका सचिब नबिन धामिले गर्नो भयको थियो भने कार्यक्रमको सहजीकरण समाजका महासचिव राजेश भट्टले गर्नोभयको समाजका उपाध्यक्ष शाहिले बताउनो भयो ।

त्यसैगरी फारवेस्ट स्कुल अफ मेडिसिन र नेपाल फार्मेसी संघ सुदूरपश्चिम समितिको सहकार्यकामा महेन्द्रनगर पनि विभिन्न कार्यक्रम गरि महेन्द्रनगर बजार परिसरमा र्याली निकालेको थियो ।
फारवेष्ट स्कुल अफ मेडिसिन भासीको प्राङ्गणबाट सुरु गरिएको र्याली महाकाली अस्पताल देखि गल्ली नम्बर ५ हुँदै चम्मन चोक बाट फेरि विद्यालयमै पुगेको हो ।

र्यालीमा फार्मेसी संघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष केशव ओझा, उपाध्यक्ष अभिषेक कार्की लगायत अन्य फार्मासिस्टहरुको उपस्थिति रहेको थियो । फारवेष्ट स्कुल अफ मेडिसिनका प्रधानाध्यापक श्याम झा ,सोही विद्यालयका शिक्षक प्रकाश महरा, शिक्षक योगेन्द्र पाण्डेय पनि उक्त र्यालीमा सहभागी भएका थिए।
महेन्द्रनगर बजार परिसरमा र्याली सकिए पछि नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेशले नेपाल रेडक्रस सोसाइटी कंचनपुरसंग समन्वय गरि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

“जहाँ औषधि त्यहाँ फार्मासिस्ट” भन्ने मुल नारा सहित फार्मेसी पेसालाई सुव्यवस्थित बनाउन सदैव तयार रहेको फार्मेसि संघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष ओझाले बताएका छ्न । उनले फार्मासिस्ट पेसा संग सम्बन्धित सम्पुर्णलाई पेसा भित्र भएका बिकृतीहरुलाई हटाउन लागि पर्नुपर्ने समेत बताएका छ्न ।