आज मिति २०७८ साल असोज १० गते आइतबार पञ्चमी तिथि आश्विनकृष्ण (पितृ ) पक्ष : सूर्याेदय ५ः५४ सूर्यास्त १७ः ५४ षष्ठीश्राद्ध ।
मेष : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।
वृष : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।
मिथुन : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
कर्कट : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।
सिंह : धार्मिक कार्यमा विशेष रुचि बढ्न सक्नेछ ।
कन्या : आमाको आशीर्वादले काम सफल हुन सक्छ ।
तुला : अध्ययन अनुसन्धानका कार्यमा सक्रिय सहभागीता हुन सक्छ ।
वृश्चिक : मान सम्मान पाउँदा मन हर्षित हुन सक्छ ।
धनु : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
मकर : नसोचेको ठाउँमा धन खर्च हुन सक्नेछ ।
कुम्भ : नयाँ-नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्न सक्नेछ ।
मीन : विशिष्ट व्यक्तित्वहरूसँग भेट हुँदा मन प्रसन्न हुनेछ ।




















