काठमाडौं := टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन-२ का विजेता भरतमणि पौडेललाई पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले रु. ९ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रमका बिच भरतमणि सहयोग समिति ताप्लेजुङको तर्फबाट सो रकम प्रदान गर्नुभएको हो। समितिले भरतमणिलाई जिताउन सुरुदेखि नै आर्थिक अभियान सञ्चालन गरि रकम संकलन गरेको थियो । सोका फष्ट रनरअप विक्की अग्रवाल र सेकेण्ड रनरअप सन्तोष थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।




















