[ प्रमोद जंग चौधरी ]
नेपालगन्ज := केहि वर्षदेखि थारु गीतसंगीतको क्षेत्रमा मन बढाउ रुचि राख्दै आएका गायक नरेश जोगिको नयाँ चर्चित थारु गीत “ओ सजन” को छायांकन,सुटिङ सम्पन्न भएको छ।
ओ सजन बोलको थारु गीतमा गायकद्धय नरेश जोगि र चर्चित गायीका अन्नु चौधरीले स्वर दिएकी छिन्। गीतको शब्द र संगीत नरेश जोगिकै रहेको छ , भने व्यवस्थापन गणेश चौधरी मिश्रण चन्द्र चौधरी सम्पादन मिलन विश्वकर्मको रहेको छ।
मेकअपमा सरिता मगर र फोटो मनिसा पौडेलले साथ दिइएकी छिन् । म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गर्नु भएको छ। विक्रम चौहानलेनै निर्माण गरेको यस् म्युजिक भिडियोमा चर्चित मोडल पल शाह र कविता रायाको अभिनय रहेको छ।
म्युजिक भिडियोको छायांकन दाङको घोराही, सुकेदाङगी, तुलसीपुर लगायतको रमणीय ठाउँहरुमा गरिएको गायक नरेश जोगिले बताउनुभयो । म्युजिक भिडियोको छायांकन अर्जुन तिवारी,सौगात दहितले गर्नु भएको छ।
पिके फिल्मस् युट्युब च्यानलबाट ओ सजन बोलको म्युजिक भिडियो आज असोज ७ गते रिलिज , सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।




















