काठमाडौं := अन्ततः नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जाल फेसबुक , ट्विटरमार्फत सार्वजनिक गरेकी हुन्।
सामाजिक संजालमार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन् । उनीहरूले छोरीको नाम ‘आयान्का’ कार्की जोशी नामाकरण गरिसकेका छन्।
साथै उनले फोटोसँग क्याप्सनमा लेखेकी छिन् ‘हाम्री सानी परीलाई संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ ।’


















