क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङमा बसि विभिन्न क्षेत्रमा कार्यरत रहि आएका सम्पुर्ण विदेशी श्रमिकहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउन सरकारले आग्रह गरेको छ।
रियल स्टेट एण्ड हाउजिङ् डेभलपर्स एसोसिएसनका मलेसिया पेनाङ शाखाका अध्यक्ष तान हुन बेङ्ग र पेनाङ मास्टर बिल्डर्सका अध्यक्ष दातोक लिम चि तोङ्ग ले एक संयुक्त बिज्ञप्ति जारी गर्दै , ” पेनाङमा अहिले चार वटा ठाउँमा खोप केन्द्रहरु स्थापना गरिएको र ती चारैवटा केन्द्रमा पेनाङमा रहेका वैधानिक वा अवैधानिक जो सुकै विदेशी कामदारहरु पनि हिड्दै गएर बिना अपोईन्टमेन्टकै कोरोना विरुद्धको भ्याक्सिन नि:शूल्क लगाउन सकिने बताउनुभएको छ।”
जारी बिज्ञप्ति अनुसार आश्वासन दिईएको छ कि पुलिस र प्रशासन अधिकारीहरु द्वारा सबै कागजात नभएको कुनैपनि वैधानिक अथवा अवैधानिक विदेशी कामदारहरु बिरुद्ध कुनै कारबाही गरिने छैन , धरपकड पनि गरिनेछैन,” उनीहरुले आज छोटो वक्तव्यमा भनेका छ्न।
ऊनीहरुले पेनाङमा रहेका सम्पुर्ण रोजगारदाता कम्पनीहरुले खोप लगाउन बाकी सम्पुर्ण आफ्नो आफ्नो कामदारलाई भ्याक्सिन लिनको लागी पठाउनुपर्ने बताएको छ।
चारवटा खोप केन्द्रहरु क्रमशः पेनाङको स्पाइस कन्भेन्सन सेन्टर (spice convention center) , देवान मिलिनियम (Dewan Millennium) , एसपी एरेना (SP Arena) र देवान सेर्बागुना सुङ्गाई बाकाप (Dewan Serbaguna Sungai Bakap) लगायत खोप केन्द्रमा भ्याक्सिन दिइने कार्यक्रम सञ्चालनमा रहेको बताउनुभएको छ।
मलेसिया सरकारले स्वदेशी नागरिक संगै सम्पुर्ण विदेशी वैधानिक , अवैधानिक सबैलाई कोरोना विरुद्धको खोप निशुल्क लगाउन दिइरहेको छ। जसको लागी मलेसियाको विभिन्न ठाउँ – ठाउँमा कोरोना खोप केन्द्र स्थापना गरिएको छ।
source : मलेयमेल ड्टकम


















