मलेसियामा ब्यापार,ब्यावसाय गर्दै आएका ब्यावसायी भक्त योङहाङ्ग लिम्बुको मृत्यु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत रहदै आएका एक नेपालीको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु भएको छ।

मलेसियामा बिगत १५ बर्ष देखि बसोबास गर्दै आएका इलाम जिल्ला माई नगरपालिका- ६ निवासी भक्त योङहाङ्ग लिम्बुको कोरोनाले मृत्यु भएको हो।

पछिल्लो समय मलेसिया स्थित जोहोरबारुमा ब्यापार ब्यवसाय गर्दै आएका लिम्बु अन्य कुनै खासै बिरामि नभए पनि केहि दिन देखि कोरोना संक्रमण देखिएपछि आईसोलेसनमा बसि सामान्य उपचार गराईरहेका थिए ।

तर, दूईतिन दिन अगाडी देखि स्वास्थ्य अवस्था बिग्रदै गएपछि लिम्बु अस्पताल भर्ना भएका थिए । तर, अस्पतालमै उपचाररत रहेकै बेला अच्चानक कोरोनाकै कारणले उनको मृत्यु भएको किरात याक्थुन्ङ्ग चुम्लुङ्ग मलेसियाको महासचिव अर्जुन लिम्बु (दिप) ले बताउनुभयो।

मृतक लिम्बु मलेसियामा ब्यापार ब्यावसायसँगै सामाजिक संस्था किरात याक्थुङ्ग चुम्ल्ुङ्ग मलेसियाको सह–कोषाध्यक्ष लगायत अन्य विभिन्न संघसंस्थामा पनि आवद्ध रहि सामाजिक कार्य गर्दौ आएका थिए।

मलेसियामा कोरोना संक्रमणको कारण दैनिक जसो नेपाली श्रमिकहरुको मृत्यु भईरहेको पाइएको छ।