अफगानिस्तानमा १५३ सञ्चारमाध्यमका गतिविधि बन्द।

काबुल:= अफगानिस्तानमा १५३ वटा सञ्चारमाध्यमले आफ्नो गतिविधि बन्द गरेको छ । अफगानिस्तानको २० प्रान्तका १५३ सञ्चारमाध्यममध्ये केहीले प्रतिबन्ध र केही आर्थिक संकटले बन्द हुन पुगेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार बन्द हुने सञ्चारमाध्यममा रेडियो, पत्रपत्रिका र टेलिभिजन च्यानल छन् । अधिकारीले सञ्चारमाध्यमको आर्थिक संकट र प्रतिबन्धको समाधान नखोजिए आगामी दिनमा थप सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुग्ने जनाएका छन् । अफगानिस्तानको पत्रकार महासंघका उपप्रमुख हुजातुल्लाह मुजादादीलाई उद्धृत गर्दै टोलो न्यूजले सञ्चारमाध्यमको समस्या समाधानको प्रयास थाल्नुपर्ने उल्लेख गरेको छ ।

अफगानिस्तानको राष्ट्रिय पत्रकार संघका प्रतिनिधि मसरुर लुत्फीले भने अफगान सञ्चारमाध्यमको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको छिट्टै ध्यानाकर्षण हुनुपर्ने र त्यसो नभए प्रेस स्वतन्त्रता र मावन तथा अन्य नागरिकअधिकार हनन हुने चेताबनी दिनुभएको टोलो न्यूजले उल्लेख गरेको छ ।