यूईएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा म्यानचेष्टर सिटीकाे रोमाञ्चक जित।

एजेन्सी := यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

इतिहाद मैदानमा गोल बर्षा हुँदा सिटीले विजयी सुरुवात गर्याे । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए । जसमा सिटीले ६-३काे जित हात पार्न सफल भयाे । सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १/१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे ।

त्यस्तै, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३औँ मिनेटमा ह्याट्रिक पूरा गरे पनि टोलीको हार टार्न सकेनन् । यसअघि लाइपजिगका एन्जेलिनोले ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।खेलसँगै समूह ‘ए’मा ३ अंकसहित सिटी शीर्ष स्थानमा छ । पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ ।