काङ्ग्रेसको १४ औं महादिबेशनमा बझाङको सचिबमा सिंहको उम्मेद्वारी ।

 

समीर मल्ल क्वालालम्पुर 

नेपाली काङ्ग्रेसको आसन्न १४ औ अधिबेशनमाको लागि बझाङ जिल्लाको सचिबमा युवा नेता ज्ञानेन्द्र सिंह ठकुरिले उम्मेदवारी दिने भयका छन

सचिबमा उम्मेदवारी दियका सिंह २०४८ सालदेखी सरस्वती उच्चमाविको नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेबिसंघबाट राजनिती सुरु गरेका सिंह ने. बि संघ बझाङको ५ औ जिल्ला अधिबेशनबाट जिल्ला सदस्य हुँदै ६टौ जिल्ला अधिबेशनबाट जिल्ला उपाध्यक्षको भुमिकामा रहेर समेत काम गरिसक्नो भयको छ । नेपाली काङ्ग्रेसको जनसम्पर्क समिति मलेसियामा रहेर जनसम्पर्क समिती जोहोर राज्यको सल्लाहकारको रुपमा समेत काम गरिसकेका सिंह व्यावसायि तथा समाजसेवीको रुपमा पनि आफ्नो परिचयलाइ फराकिलो बनाउदै आउनोभयको छ

डेढ दसक लामो समय मलेसियामा व्यावसायिक जीवन बिताउदै आउनो भयका सिंह मलेसियामा रहदा पनि विभिन्न संघसंगठनमा रहि काम गरिसकेका एक अनुभबी युवा हुन २०६२ सालमा मलेसियामा रहेका सुदूरपश्चिमेलि हरुलाइ सम्पर्कमा जोड्ने र सुदूरपश्चिमको कला सास्कृती लाई अन्तर्राष्ट्रिय स्थर सम्म प्रचारप्रसार तथा चिनाउने उदेश्यले मलेसियामा सुदूरपश्चिम समाजको स्थापना गरि विभिन्न सामाजिक कार्य गर्दै सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाकोको संरक्षक तथा सु.प समाज अन्तर्राष्ट्रिय समितिकोद. एसिया संयोजकको भुमिका सम्म निर्बाह गरिसक्नो भयको छ

साथसाथै नेपाल सरकारबाट मान्यता प्राप्त एकमात्र सस्था गैर आवासीय नेपाली संघ (NRNA) को सदस्य, युवा संयोजक हुँदै उपाध्यक्षको रुपमा समेत रहेर काम गरिसकेका सिंह निकै अनुभवी समासेवी तथा राजनीतिज्ञ भित्र पर्छन

पछिल्लो समय गृह जिल्ला बझाङमा सकृय राजनिती आउनो भयका सिंह लामो समय प्रवास तथा नेपालमा बटुलेको अनुभवलाई गाउघर, समाज तथा जिल्लाको बिकासमा काम गर्ने सोचका साथ नेपाली काङ्ग्रेसको आगामि १४औ केन्द्रिय महाअधिबेशनमा नेपाली काङ्ग्रेस पार्टी बझाङ जिल्लाको सचिबमा उम्मेदवारी दिन लागेको सिंहले बताउनो भयो

मलेशिया , थाइल्यान्ड , सिङापुर, इन्डोनेसिया , फिलिपिन्स थाइल्यान्ड , बङ्गलादेश , भियतनाम , दुबइ , ओमन , साइपरस , चाइना माल्दिब्स पाकिस्तान बुर्नाइ आदि देशहरुमा भर्मण गरिसकेका सिंह बिदेश बसाईको अनुभबलाइ जिल्लामा लागू गर्न चाहेको बताउनो हुन्छ । युवाहरुमाझ निकै रुचायका नेता सिंहको उम्मेदवारीले बझाङका बिकासप्रेमी युवाहरु निकै उत्साहित भयको पाइन्छ