यसवर्ष पनि मिस लिटिल नेवाः हुने।

काठमाडौं:= कोरोना भाइरस संक्रमणका कारण विगत दुई वर्षदेखि आयोजना हुन नसकेको मिस लिटिल नेवा यसवर्ष भने आयोजना गरिने भएको छ । नेवार समुदायका किशोरीलाई आप्mनो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लीज फेसनहोमले हरेक वर्ष आयोजना गर्दै आएको थियो । तर कोरोना संक्रमणले मानिसहरूको भेला हुन नमिल्ने भएकाले दुई वर्षयता आयोजना हुन नसकेको हो ।

नेप्लीज फेसनहोमकी अध्यक्ष हेमा मानन्धरका अनुसार मिस लिटिल नेवाः यसवर्ष आगामी कात्तिक ६ गते शनिबार राजधानीमा हुनेछ । १३औं संस्करणको यो प्रतियोतिमा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम प्रतिस्पर्धामा उत्रँदैछन् ।

प्रतियोगितामा सहभागी किशोरीलाई सुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन नेप्लीज फेसनहोमले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको छ । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीलाई जनबहादलस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको छ । त्यस अवसरमा प्रतियोगि नेवार किशोरीहरूले विश्व शान्ति तथा कोरोनाबाट छुककाराको कामना गर्दै पूजाआजा गरेका थिए ।

वडा नम्बर–२५ का अध्यक्ष निलकाजी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विज्ञहरूले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकतबारे सहभागीलाई जानकारी गराएका थिए । प्रतियोगीलाई लाख बत्तीबाल्न सिकाइएको थियो । त्यसैगरी प्रतियोगी किशोरीलाई आइतबार महाँकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ । सो अवसरमा समयबाजी डोको महत्वबारे बुझाइएको थियो । समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो ।

लिटिल मिस नेवाःमिस नेवाःकि फष्ट रनर्सअपप्रियंका तण्डुकार, वेष्ट पर्सनालिटी पलपसाश्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ । त्यसैगरी मिस नेवाः सुनिता डंगोल र नितु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् भने विभिन्नविधाका विज्ञले अन्यविषयमा प्रशिक्षण दिनेछन् । हरेक वर्ष नेवार समुदायका युवतीबीच मिस नेवाः आयोजना गर्दै आएको नेप्लीज फेसनहोमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार समुदायका किशोरी र युवतीहरूको आत्मविश्वास र क्षमता वृद्धिका लागि प्रतियोगिता आयोजना गरिँदै आएको हो ।