अफगानिस्तानमा पुरुष र महिला छात्रा संगै बसेर पढ्न नपाउने।

काबुल:= अफगानिस्तानमा तालिवानले छात्राका लागि नयाँ नियमको घोषणा गरेको छ । त्यहाँ महिला र पुरुषले सँगै बसेर पढ्न नपाउने नियममा बनाइएको जनाइएको छ ।

अफगानिस्तानका विश्वविद्यालयमा लिंगका आधारमा विभाजन गरिने तथा पोसाकसम्बन्धी नयाँ नियम लागू गरिने तालिवानले जनाएको छ । उच्च शिक्षासम्बन्धी मामिला हेर्ने मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाउनुभएको छ ।

हक्कानीले विद्यार्थीलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गर्नुभएको छ । सन् १९९६ देखि २००१ बीचमा तालिवान शासनका बेला अफगानिस्तानमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।

तालिवानले महिलालाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाए पनि गत अगष्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिवानले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न भनेको छ । ।

कयसैबीच, तालिवानले छात्राको पोशाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नयाँ नीतिअनुसार विश्वविद्यालय र विद्यालय तहमा छात्रछात्राको अलग पोशाक हुनेछ ।