सर्पको टोकाइबाट एउटा नाबालक शिशुको मृत्यु , दोषीलाई कारवाही को माग

अभय दुबे ।। बारा ।। बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने महुवाही टोल का एक नाबालक शिशुलाई सर्पले टोकदा मृत्यु भएको छ । सुमेद प्रसाद गुप्ताको छोरा अन्दाजी वर्ष २ अनुराज गुप्ताको मृत्यु भएको पिडित ले जनाएको छ । सर्पले टोके पाचि राति करिब १२ बजेको समयमा छोरालाई लिएर सर्प दन्त उपचार केन्द्रमा पुगेको थियो । सो ठाउँमा पुग्या शोध पुछ गर्दा गर्दै ३० मिनेट समय लगायो । केही पनि उपचार सेवा न पाएर , स्वास्थ्यकर्मी समेत सो ठाउँमा उपस्थिति न रहेको जनाएका छन । पीडितले एम्बुलेन्स बोलाई दिनु मोटरसाइकलमा लाग्यो भने ढिलो हुन्छ । ज्यान समेत जान सक्छ कुरा भने पनि एम्बुलेन्स छैन भने कुरा स्वस्थकर्मीले भनेको हो भने पीडितको आरोप रहेको छ। विगत केही दिन अगाडि विभिन्न सामाजिक सञ्जाल , रेडियो , मिदियहरुबाट प्रचार प्रसार गराउँदै आएको र सेवा सुविधा अहिले सम्म उपलब्ध न भएर मृत्यु भएको बताएका छन ।

 

उक्त ठाउँमा दोषीलाई कारवाहीको माग गर्दै आज नगरपालिका अगाडि स्थानिय लगायत विभिन्न भत्र भलादमीहरु धारणा बसेका छन । युवा नेता सन्नी गुप्ता शिशुको सब लिएर सिम्रौनगढ बजार भरी र्यालिका साथ दोषीलाई कारवाही ,पीडित व्यक्तिलाई क्षति पूर्तिको माग गरेको छन र पीडित ले न्याय पाइए न भने यो स्थानीय सरकार जड देखि उखाडेर फाल्ने उद्घोष गरेछ । नगरपालिकाको पटक पटक गरेको लापरवाहीले गर्दा सिम्रौनगढको स्थानिय लगायत राजनीति दलका अगुवाहरू र युवाहरु समेत आक्रोसित भएका छन । भने युवा नेता गुप्ताले जनाएको छ ।