गुजरातका मुख्यमन्त्रीद्वारा राजीनामा।

गान्धीनगर:= गुजरातका मुख्यमन्त्री विजय रुपाणीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले शनिबार राज्यपाललाई आचार्य देवरतलाई भेटेर राजीनामा दिनुभएको हो । आउँदो वर्ष गुजरातमा हुनलागेको विधानसभा चुनावअघि रुपानीले अप्रत्याशित रूपमा राजीनामा दिएपछि यतिबेला यसको चर्चा भइरहेको छ । नयाँ मुख्यमन्त्री को हुने भन्ने बारेमा भने कुनै नाम सार्वजनिक भएको छैन ।

पूर्वमुख्यमंत्री आनंदीबेन पटेलको राजीनामा पछि विजय रुपाणीलाई ७ अगस्त २०१६ मा गुजरातको मुख्यमन्त्री बनाइएको थियो । उहाँकै नेतृत्वमा भाजपाले २०१७ को विधानसभा चुनाव जितेको थियो ।  गुजरातमा लामो समयदेखि भारतीय जनता पार्टी (भाजपा)को सरकार छ । प्रधानमन्त्री नरेन्द्र मोदी पनि गुजरातमा लामो समयसम्म मुख्यमन्त्री हुनुभएको थियो ।