उदितनारायण झालाई ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’

मुम्बई:= गायक उदित नारायण झालाई तीनवटा अवार्ड तथा सम्मान प्रदान गरिएको छ । उहाँले ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’ प्राप्त गर्नुभएको हो ।

साथै, उहाँलाई ‘डक्ट्रेट एण्ड पोष्ट हृयुमस’ र ‘हृयुमन एक्सलेन्स गोल्ड मेडल’ अवार्डसमेत दिइएको छ । अवार्ड पाएको फोटोहरू शेयर गर्दै झाले सम्मान र अवार्ड पाएको कुराबारे फेसबुकमार्फत जानकारी दिनुभएको हो । गायक उदितनारायण झाले नेपाली थुप्रै गीतहरूमा स्वर दिनुभएको छ । उहाँ भारतमा निकै लोकप्रिय गायकको रूपमा परिचित हुनुहुन्छ ।