आज मिति २०७८ साल भाद्र २७ गते आइतबार षष्ठी तिथि भाद्र शुक्ल पक्षः विश्वघस्रपक्ष सूर्योदय ५ः ४८ सूर्यास्त १८ः १० सूर्य षष्ठी ।
मेष : नसोचेको ठाउँबाट धनलाभ हुन सक्छ ।
वृष : यात्रा गर्ने अवसरका साथै सवारी सुख प्राप्त होला ।
मिथुन : नाता कुटुम्बसँग विवाद हुँदा मन खिन्न हुनेछ ।
कर्कट : विशिष्ट व्यक्तिसँग भेट गर्ने मौका मिल्ला ।
सिंह : आफ्नै बुद्धिले कार्य सफल होला ।
कन्या : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
तुला : साथीभाइको सहयोगले काम बन्नेछ ।
वृश्चिक : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
धनु : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
मकर : स्वास्थ्यमा समस्या आउला सचेत रहनुहोला ।
कुम्भ : अतिथिको सेवा गर्ने मौका मिल्ला ।
मीन : लक्ष्मीको कृपाले धन लाभ होला ।




















