कोल्हबी नगरपालिकाभित्र व्यावसायिक कृषि तथा पशुपालक समिती गठन, संयोजकमा थानेश्वर पहाडी।

[ अभय दुबे ]

कोल्हबी (बारा) := प्रदेश नम्बर .२ बारा जिल्लाको कोल्हबी नगरपालिकाभरिका किसानहरूले व्यवसायिक कृषी तथा पशुपालक समुह बनाएर हिजो बुधबारको दिन एक समिती गठन गरेका छ्न।

नगरपालिकाभित्र कृषक र पशुपालकहरुको समस्याहरू र गुनासोहरु तिब्र रहेको पाइएको साथै कोल्हवी नगरपालिकाभरीका किसानहरुलाई पनि कृषि व्यवसायहरु गर्न समस्याहरू उत्पन्न भइरहेको , साथै नगरपालिका वा अन्य ठाउँहरु बाट पाइने् अनुदानहरु तथा कृषि सम्बन्धि सुचनाहरु समेत पाउन कठिन भैइरहेकोले कृषकहरहरुका समस्या दीर्घकालीन रुपमै समाधान गर्नको लागि नगरपालिकाभरिका किसानहरु एकजुट भैई सामुहिक रुपमै छलफल गरि थानेश्वर पहाडीको संयोजकत्वमा ११ सदस्यीय समिती गठन गरेका हुन।

गठन गरिएका सो कृषि समितीको लक्ष्य नगरपालिकाभरिका किसानहरू र पशुपालकहरुले नेपाल सरकारबाट आउने कृषी अनुदान प्राप्त गर्नु , कृषकको उत्पादनको उचित मुल्य दिलाउनु र संस्थागत दर्ता गराएरनै कृषकको समस्यामध्ये समाधान र सहयोगको निम्ति अगाडि बढ्ने लगायतको उद्देश्य रहेको समितीले जनाएका छ्न।

छलफलको क्रममा आफूले उत्पादन गरिएको समान समयमा बिक्री नहुँदा र लगानी जति उचित प्रतिफल नपाइएको उपस्थित किसानहरुले गुनासो राखेका थिए। सो छलफल बैठकमा सामाजिक अगुवाहरू , सर्वसाधारण कृषकहरु, समाजसेवी तथा व्यवसायिक कृषकहरु लगायतको भब्य उपस्थिति रहेको थियो।