जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या…

एजेन्सी := बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहिरिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइ रहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ । उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् ।

उनकी एक साथीले बताए अनुसार उनी कलेजकी सबैभन्दा सुन्दर युवती थिइन्। ऐश्वर्याकी साथीले भनिन्, ‘जो पनि ऐश्वर्याका लागि लठ्ठ थिए। तर, ऐश्वर्या भने आफूलाई पढाउने शिक्षकको प्रेममा पागल भएकी थिइन् । उनी फिजिक्स पढाउने शिक्षकलाई मन पराउँ थिन् । उनी फिजिक्स शिक्षकलाई आर्कषित गर्न पहिलो सिटमा बस्ने गर्थिन् । तर, उनीहरुको प्रेम यतिमै सीमित भयो ।’

बलिउडमा प्रवेश गरेपछि ऐश्वर्याको सलमान खान, राजीव मुलचन्दानी, बिबेक ओबरोय जस्ता अभिनेतासँग नाम जोडियो। सन् १९७३ को नोबेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् १९९४ मा मिस वल्र्ड प्रतियोगिता जितेकी थिइन्। उनले तेलेगु, तमिल, बंगाली र अंग्रेजी भाषाका सुपर हिट फिल्ममा काम गरेकी छन् ।