अछामका २७ जनप्रतिनिधिले एमाले छाडे।

अछाम:= अछाममा २७ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोेजेका छन् । सनाखत गर्न तोकिएको अन्तिम दिन मंगलबारसम्म निर्वाचन कार्यालयमा पुगेर नेकपा (एमाले) परित्याग गरेर समाजवादीमा सनाखत गर्नेमा एक नगरप्रमुख, एक नगर उपप्रमुख, दुई वडा अध्यक्ष रहेका छन् ।

यस्तै तीन कार्यपालिका सदस्य, नौ जना खुला वडा सदस्य, महिला र दलित महिला पाँच, पाँच जना रहेको निमित्त निर्वाचन अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिनुभयो । माधवकुमार नेपालको नेतृत्वको समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधि अधिकांस वडा सदस्य छन् ।