यम बराल र प्रविशाको युगल गीत।

काठमाडौं:= लोकप्रिय गायक यम बराल र गायिका प्रविशा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको युट्युब यानलबाट सार्वजनिक भएको छ । उक्त गीतलाई गायक यम बरालले नै संगीतबद्ध गर्नुभएको छ भने शब्दहरू उज्ज्वलराज भट्टराईले रचना गर्नुभएको हो ।

बलराम समाल उक्त गीतका संगीत संयोजक हुनुहुन्छ । विक्रम कार्कीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ । सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल तथा मोडल जोडर्न राजभण्डारीले अभिनय गर्नुभएको छ ।

नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री हमाल र मोडेल राजभण्डारीको जोडी आकर्षक देखिएको छ । अभिनेत्री हमाल लामो समयपछि नयाँ म्युजिक भिडियोमा देखिनुभएको हो । सुरेन्द्र बसेलद्वारा कोरियोग्राफी गरिएको भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको हो । भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो भने भूमिका देवान राईलेले भिडियोमा लगानी गर्नुभएको छ ।