काठमाडौं:= नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौं अधिवेशनबाट नयाँ कार्यसमिति छनोट भएको छ । अधिवेशनबाट लोक तथा दोहोरी गायिका निशा सुनारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा वसन्ती देवी राई, उपाध्यक्षमा खडग ब.पुलामी (बिक्की पुलामी), विमल डांगी, ईत्ना कार्की र राजेन्द्र राई चयन हुनुभएको छ । यस्तै संस्थाको महासचिव पदमा लोकप्रिय गायिका संगीता थापामगर चयन हुनुभयो ।
सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षमा पुष्कर वराल, सह–कोषाध्यक्षमा पुजा न्यौपाने, युवा संयोजकमा दिलिपकुमार श्रीस र केन्द्रीय सदस्यमा चिनियालाल श्रेष्ठ, बुद्दिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ, माया राई चयन हुनुभएको छ । साथै प्रमुख संरक्षकमा अभय ढुंगेलले चयन गरिएको छ ।
क्विन्सको ज्याक्सन हाइट्सस्थित नेपाली भान्छा घरमा सोमबार दिउँसो १२ बजेबाट बन्द सत्रको कार्यक्रम हुँदै सुरुवात भएको अधिवेशनमा खुला सत्र सुरु भएपछि एकैछिन बिबाद चर्किएको थियो विवादसँगै विपक्षी समूहले चुनाव सार्न माग राखेको थियो ।
निर्वाचन आयोग समितिमा प्रमुख निर्वाचन आयुक्त सोमनाथ घिमिरे र सदस्यद्वय मनिता गुरुङ र विष्णु रानामगरको संयुक्त टोली थियो । अधिवेशन पर्यवेक्षक समितिमा केशवराम राई, सुमन थाम्साहाङ्ग लिम्बू र नवराज केसी हुनुहुन्थ्यो । उम्मेदवारी दाखिला गर्नु भएका सम्पूर्ण सदस्यहरू निर्विरोध विजयी हुनुभयो ।




















