काठमाडौं:= छायांकार सुनिता मरासिनी सम्मानित हुनुभएको छ । राजधानीमा एक्टिभ इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘राष्ट्रिय कलाकार तथा सर्जक सम्मान २०७८’ बाट मरासिनीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वशहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उहाँलाई माला, खादा र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
सुनिता छायांकारका रूपमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । छायांकारका रूपमा उहाँ अग्रस्थानमा हुनुहुन्छ । उहाँले यस क्षेत्रमा पुर्याएको योगदानस्वरूप उहाँलाई सम्मान गरिएको हो ।




















