काठमाडौं:= सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् । नाम छनोट भएकामा सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव किरण रूपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिं तिंकरी, महान्याधिवक्ताको कार्यालयका उपन्याधिवक्ता हरिशंकर ज्ञवाली, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्ले, वेनी नगरपालिकाका प्रशासकीय अधिकृत छविलाल सुवेदी प्रमुख, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम र महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल रहनुभएको छ ।
यसैगरी, निजामती पुरस्कार पाउनेमा विभिन्न कार्यालयका ३० जना कर्मचारी छनोट भएका छन् । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेत, राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव ज्ञानराज सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव कोशलचन्द्र सुवेदी –कानुन), शाखा अधिकृत महेशविक्रम लागेजु र कार्यालय सहयोगी पूर्णप्रसाद अगस्ती, शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मा र अर्थ मन्त्रालयका उपसचिव (राजस्व) दिलीपकुमार गौतम रहनुभएको छ ।
त्यसैगरी, निजामती कर्मचारी अस्पतालका उपसचिव भोलाप्रसाद चापागाईं, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शान्त नेपाल मरासिनी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव शिक्षा डा. भोजराज शर्मा (काफ्ले), निर्वाचन आयोगका उपन्याधिवक्ता गुरुप्रसाद वाग्ले, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका सिनियर डिभिजन इञ्जिनियर विपुलकुमार लाल दास र लोकसेवा आयोगका उपसचिव सूर्यप्रसाद सापकोटा छनोट हुनुभएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर केदारप्रसाद नेपाल, नापी कार्यालय ताप्लेजुङका अधिकृत विज्ञान बञ्जारा, कृषि विभागका कृषि विकास अधिकृत प्रमिला वाग्ले, गृह मन्त्रालयका शाखा अधिकृत कुलशेखर अर्याल, पहाडी साना किसानका लागि अनुकूल आयोजना काठमाडौंबाट सहायक वन अधिकृत शिला ज्ञवाली र करदाता सेवा कार्यालय दिक्तेलका सहायक वन अधिकृत सुजितकुमार सिंह रहनुभएको छ ।
यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका लेखा अधिकृत भक्तिप्रसाद भट्टराई, छत्रदेव गाउँपालिका अर्घाखाँचीका शाखा अधिकृत भेषराज पन्त, रक्षा मन्त्रालयका लेखा अधिकृत विन्ध्या कार्की, र संघीय संसद् सचिवालय जलेश्वरका शाखा अधिकृत (कानुन) राम रहनुभएको छ । त्यस्तै, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका इञ्जिनियर जिज्ञासा राई, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका भरतप्रसाद तिमिल्सिना, मुद्रण विभागका वरिष्ठ मुद्रण सहायक उत्तम खनाल, राष्ट्रपति कार्यालयका कम्प्युटर अपरेटर खडानन्द पौडेल, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका नायव सुब्बा केआइसी गलान, जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश शाह र परराष्ट्र मन्त्रालयका कार्यालय सहयोगी अमरसिंह लामा रहनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एकलाख र निजामती कर्मचारी सेवा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।




















