२ वर्षअघि भएको बलात्कार मुद्दामा बलिउडका ३८ सेलिब्रेटीविरुद्ध मुद्दा।

एजेन्सी := सन् २०१९ मा पूरै भारत हल्लाउने गरी चर्चामा रहेको हैदराबाद सामूहिक बलात्कारपछिको हत्याकाण्डका विषयमा भारतका चर्चित ३८ जना हस्तीहरुविरुद्ध मुद्दा परेको छ । त्यतिबेला पीडितलाई न्याय दिलाउनको लागि भारतका कैयौं चर्चित हस्तीहरुले आवाज उठाएका थिए । सलमान खान, अजय देवगन, अक्षय कुमार, अभिषेक बच्चन लगायतले यस विषयमा आवाज उठाउने क्रममा पीडितको तस्वीर पनि शेयर गरेका थिए । अहिले उनीहरुविरुद्ध पीडितको पहिचान खुलाएको भन्दै उजुरी परेको हो ।

दिल्लीका वकिल गौरव गुलाटीले मुद्दा दर्ता गरेका हुन् । यसरी मुद्दा खेप्ने सेलिब्रेटीहरु बलिउड स्टारहरु, क्रिकेटरहरुसहित दक्षिण भारतीय स्टारहरु पनि छन् । गौरव गुलाटीले सलमान खान, अक्षय कुमार, अजय देवगन, अभिषेक बच्चन, फरहान अख्तर, अनुपम खेर, परिणीति चोपड़ा, दीया मिर्जा, स्वरा भास्कर, रकुल प्रीत सिंह, यामी गौतम, ऋचा चड्ढा, काजल अग्रवाल, शबाना आजमी, हंसिका मोटवानी, प्रिया मलिक, अरमान मलिक, करणवीर वोहरा, निर्देशक मधुर भंडारकर, दक्षिण भारतीय अभिनेता रवि तेजा, अल्लू शिरीष, क्रिकेटर हरभजन सिंह, शिखर धवन, निधि अग्रवाल, चर्मी कौर, आशिका रंगनाथ आरजे साइमा विरुद्ध मुद्धा हालेका छन् ।