एमसीसी सम्झौताबारे बुझेकाले मात्र बोल्न प्रधानमन्त्री देउवाको निर्देशन।

sf7df8f}F, !$ ;fpgM af3 lbj; sfo{qmd k|wfgdGqL z]/axfb'/ b]pjf ljZj af3 lbj;sf ;Gbe{df /fli6«o af3 ;+/If0f ;ldltn] laxLaf/ nlntk'/df cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे चर्काे स्वर गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उहाँले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्नुभयो।उनले भने, ‘एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् । नबुझिकन भ्रम छर्ने काम नगर्नुस् ।’

देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न निर्देशन पनि दिनुभयो । देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताउनुभयो।

बैठकले बुधबारदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारी गरेको छ । बैठकमा सांसद गगनकुमार थापाले एमसीसीका सम्बन्धमा अभिव्यक्ति स्वतन्त्रता विपरित हुने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीप्रति आपत्ति जनाउनुभएको थियो ।

यस्तै, सांसद मिनबहादुर विश्वकर्माले समावेशी र समानुपातिकताका विषयमा प्रश्न उठाउनुभएको थियो। बैठकमा संघीय संसदको आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको छ । संघीय संसदको अधिवेशन बुधबार अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ ।