कोरोना संक्रमित नेपाली श्रमिक बिनोद सिंहको मलेसियामा होम क्वारेन्टाइनभित्रै मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली श्रमिकको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।

इम्पेन मुरानी इण्टरप्राईजेज अन्तरगर्त क्वालालम्पुरको भिषा भएपनी पेनामाङ रहेको एक ह्विम पाईप निमार्ण हुने कम्पनीमा काम गर्दै आएका ४६ वर्षिय नेपाली श्रमिक विनोद सिंहको कोरोना भाइरस (कोभिड-१९) को सक्रमणवाट मंगलवार विहान मृत्यु भएको  हो।

गएको सेक्टेम्वर एक तारिखदेखि कोरोना सक्रमित भएका सिंह अन्य साथीहरुसंगै होम क्वारेन्टाईनमा वस्दै आएका थिए।  मंगलवार बिहान करिबकरिब १०:०० बजेतिर मृत्यु भएको बताइएको छ। हाल मृतक सिंहको मृत शवलाई थप पोसमार्टको लागि पेनाङ अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।