[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियाको इपो भन्ने ठाउँमा कार्यरत एकजना नेपाली श्रमिकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले मृत्यु भएको छ।
ईपोको एसएसबिएन वेपन ईक्युपमेन्ट एसडिएन बिएचडी कम्पनीमा काम गर्दै आएका नेपाल ठेगाना सप्तरी जिल्ला निवासी पासपोर्ट नम्बर ०८१६५४२८ भएका ३७ बर्षिय नेपाली श्रमिक बिनोद कुमार खाङ्ग खतवेको हिजो सोमबार राती कोरोनाको कारण मृत्यु भएको हो।

केहि दिन अगाडिमात्रै कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका बिनोदकुमारलाई केहिदिनदेखी ज्वरो आउने , टाउको दुख्ने लगायतले सताउन थालेदेखि कोरोना चेकजाँच गराउदा रिपोर्टमा पोजेटिभ देखिएको थियो। त्यस् पश्चात् उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए। तर होम क्वारेन्टाइनमै रहेको बेला उनको हिजो सोमबार राती मृत्यु भएको हो। सहकर्मी तिलोचन गौतमले जानकारी दिनुभयो।
हाल मृतक बिनोद कुमारको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ। आधिकारिक पोस्टमार्टम रिपोर्ट आएपश्चात मृतकको अन्तिम दाहसंस्कार यतै मलेसियामै गरिने जानकारी प्राप्त भएको छ। यदि अहिलेको अवस्थामा मलेसियामा कोरोनाले कुनै नेपालीको मृत्यु भयो भने मृतकको शव नेपाल फर्काउन नमिल्ने नियम लगाइएको छ।





















