[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको प्रवास शाखा “नेपाली जनसम्पर्क समिती मलेसिया” द्वारा स्वर्गीय जनक बमको परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको छ।
मृतक स्वर्गीय जनक बमको परिवारलाई थोरै भएनी आर्थिक सहायता होस् र बमको छोराको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले जनसम्पर्क समिती मलेसियाले आफ्नो कार्यसमिती भित्रै विभिन्न पदाधिकारीहरु संग आर्थिक सहयोग संकलन अभियान संचालन गरेका थिए। सोही अभियानबाट जम्मा भएको रकम नेपाली रु.१ लाख १०० रुपैयाँ स्व.बमको परिवारको बैंक खातामा ट्रान्सफर गरि सहयोग गरिएको जनसम्पर्क समिती मलेसियाका सभापति चोलाकान्त पंङ्गेनीले बताउनुभयो।
अहिले विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले नेपाली जनसम्पर्क समिती मलेसियाको तत्कालीन कोषाध्यक्ष तथा नेपाली ब्यावसायी स्व. जनक बमको गत जुलाई १५ तारिख मलेसियाकै अस्पतालमा उपचाररत रहेको बेला कोरोना संक्रमणको कारण निधन भएको थियो ।
स्वर्गीय बमको कोरोना रिपोर्ट पोजिटिभ आएपछि र पोस्टमार्टम सकिएपश्चात् परिवारको सहमतीय अनुमतिमा हिन्दू धर्मसंस्कृति संस्कार अनुसारनै गत जुलाई २० तारिख मलेसियामै दाहासंस्कार समेत सम्पन्न गरिएको थियो।





















