काठमाडौं := कमेडी रियालिटी शो कमेडी च्याम्पियनका फाइनलिष्टहरू यतिबेला भोट माग्न गृह जिल्ला पुग्नुभएको छ । फाइनलमा पुग्नु भएका भरतमणि अधिकारी, बिक्की अग्रवाल र सन्तोष थापा भोट माग्न आफ्नो आफ्नो गृह जिल्ला पुग्नुभएको हो।
भरतमणि पौडेल ताप्लेजुङ, बिक्की अग्रवाल भारतको सिक्किम र सन्तोष थापा गोरखा पुग्नुभएको हो । उहाँहरू बिहीबारै काठमाडौंबाट आ-आफ्नो जिल्लातर्फ लागेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले जानकारी दिनुभएको छ।
उहाँका अनुसार प्रत्येक प्रतिस्पर्धीसँग तीन-तीनजनाको टोली निर्माण पक्षले पठाएको छ । होम भिजिटको फुटेज आउँदो शृंखलामा देखाइने निर्देशक भण्डारीले बताउनु भएको छ।
सबै प्रतिस्पर्धीलाई गृह जिल्लाका नेताहरू को साथ छ। भरतमणिलाई एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईको साथ भने सन्तोषलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको साथ छ। यस्तै सिक्किममा बिक्कीलाई मुख्यमन्त्री पीएस गोलेको साथ रहेको छ ।
कमेडी च्याम्पियको फाइनल असोज २ गते हुँदैछ। कमेडी च्याम्पियनको विजेताले कार, फष्ट रनरअपले मोटरसाइकल र सेकेण्ड रनरअपले स्कुटर पाउने छन् । कमेडी च्याम्पियन सिजन वानको विजेता हिमेश पन्त हुनुभएको थियो।




















