दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न।

काठमाडौं:=  दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न भएको छ । सामना म्युजिक क्रियशन प्रालिको आयोजनामा राजधानीमा शुक्रबार दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न भएको हो । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । उहाँलाई ११ हजार १११ नगदसहित सम्मान गरिएको थियो ।

गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार दामोदर पुडासैनी, कलाकार मोहन निरौला, गायक चन्द्र शर्मा, शिव परियार, सीताराम पोख्रेल, गीतकार तथा साहित्यकार शान्तिप्रिय, समाजसेवी टेकबहादुर बम, सहित्यकार डीआर राई, गीतकार/पत्रकार सुमन वैरागीलगायतले सम्मानित व्यक्तित्व तथा उत्कृष्ट सर्जकलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

समारोहमा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष सामना शाहले गीतसंगीत र यससँग सम्बन्धितका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्ड, पुरस्कार तथा सम्मानका लागि अवार्ड समारोह आयोजना गरिएको बताउनुभयो । कोरोना संक्रमणका कारण समयमै अवार्ड हुन नसकेर केही विलम्ब गरी दोस्रो संस्करण सम्पन्न गरेको उहाँले बताउनुभयो । यस्तै यस अवार्डको आगामी संस्करणमा रिवार्डको आयोजना गरिने जानकारी गराइएको छ ।

‘नेपालमा धेरै अवार्ड आयोजना गरिएका छन्, अब हामी अवार्ड होइन रिवार्ड गर्छौ आगामी संस्करणमा’, सचिव लामिछानेले भन्नुभयो । समारोहमा सर्वोत्कृष्ट अवार्ड चुम्न सफल हुने सर्जजकहरू सर्वोत्कृष्ट लोकदोहोरी ‘शीत’बाट विष्णु माझी, शब्दमा ‘सुन्तला गुलियोबाट सुजन लम्सालले, लयमा ‘सोझोपन’बाट रामु खडका, शब्द नवप्रतिभामा ‘मायामै नाम प्यारो’बाट रमेशबाबु थापा, लय (नवप्रतिभामा ‘छुर्पी चौरी गाईको’बाट दामोदर भण्डारी, गायकमा ‘बनपालेको लौरी’बाट नेत्र भण्डारी, गायक नवप्रतिभामा ‘लाइदिम कि मोहोनी’बाट ईश्वर थापा र गायिकामा ‘बनकी चरीबाट देवी घर्तीले अवार्ड चुम्न सफल हुनुभयो ।

यसैगरी सर्वोत्कृष्ट गायिका नवप्रतिभामा ‘मनचरीबाट रितु तामाङ, मोडल पुरुष अभिनयमा ‘आज मुटु’बाट शिशीर पौडेल, मोडल महिला अभिनयमा ‘स्यानु मायालु’बाट सञ्चिता शाही, मोडल पुरुष नृत्यमा ‘लाममाया छपक्कै’बाट शंकर बिसी, मोडल महिला नृत्यमा ‘आए छैली’बाट टीका जैशी, निर्देशकमा ‘लाईदिमकी मोहनी’बाट काजीश श्रेष्ठले अवार्ड प्राप्त गर्नुभयो । यस्तै आधुनिक विधामा सर्वोत्कृष्ट गीतकारमा ‘पीडा’बाट रामचन्द्र ढकाल, नवगीतकारमा ‘मैले बोल्नै जानीन’बाट वीरेन्द्रकुमार बलामी, संगीतकारमा ‘उदास जवानी’बाट सन्तोष श्रेष्ठ, गायकमा ‘भूपू माया २’बाट प्रमोद खरेल, गायिकामा र ‘कतिमाया’बाट प्रविशा अधिकारीले अवार्ड लिनु सफल हुनुभयो ।

यसैगरी सर्वोत्कृष्ट मोडल पुरुषमा ‘भूपू माया २’बाट सनम कठायत, मोडल महिलामा ‘एक पल्ट भन २’बाट अप्सना थापा, मोडल पुरुष नवप्रतिभामा ‘बारीको बनमारा’बाट राज तमाङ, मोडल महिला नवप्रतिभामा ‘जसलाई म आफ्नो’बाट सुजल बम, गायक नवप्रतिभामा ‘आमा’बाट सम्राट चौलागाईं, गायिका नवप्रतिभामा ‘छोडेर नजाउ’बाट एलिना चौहान, युगल गीतमा ‘मुखैमा राम राम’बाट सुनिल कटुवाल र मेलिना राई र निर्देशनमा ‘अरूलाई माया’बाट अञ्जन शर्माले अवार्ड चुम्न सफल हुनुभयो ।

यस्तै अन्य विधामा सार्वोत्कृष्ट छायांकार शम्भु चालिसेलाई ‘रामकसम’, सम्पादकमा विकास दाहाललाई ‘कोशौ टाढा’ र एरेञ्जरमा केशव बडुलाई ‘ओए काजल’बाट अवार्ड दिइएको थियो । त्यसैगरी जुरी अवार्डमा सार्वोत्कृष्ट लोक गीत–कृष्ण रेउले, मोडल अभिनय-उषा सुवेदी, मोडल नृत्य-पीएन सापकोटा, वेष्ट मोडल-रिना थापा र इन्करेजमेन्ट अवार्ड-अभिषेक खडकालाई प्रदान गरिएको थियो । कोरोना संक्रमणका कारण स्वास्थ्यको मापदण्ड अपनाउँदै कार्यक्रम सम्पन्न गरिएको थियो ।