तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल भाद्र १३ गते आइतबार सप्तमी तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः४१ सूर्यास्त १८ः २६ रवि सप्तमिव्रत।

मेष : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

वृष : व्यापार व्यवसायमा राम्रै आम्दानी हुन सक्छ ।

मिथुन : अतिथिको स्वागत सत्कार गर्ने मौका मिल्न सक्छ ।

कर्कट : अध्ययन अनुसन्धानका कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।

सिंह : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

कन्या : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।

तुला : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।

वृश्चिक : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

धनु : आमाको आशीर्वाद पाउँदा मन हर्षित हुन सक्छ ।

मकर : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

कुम्भ : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।

मीन : मान सम्मान पाउँदा मन खुसी हुन सक्छ ।