बाराका पत्रकार नुर आलम बादशाहमाथी कुटपिट!

बारा := बारा जिल्लाको सिम्रौनगढ़मा अवस्थित रेडियो बादलका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखा सदस्य पत्रकार नुर आलम बादशाहले आफू माथी आदर्श कोतवाल गाउपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले कुटपिट गरेको आरोप लगाएका छ्न।

पत्रकार नुर आलम बादशाहले आफ्नो समाजिक संजाल फेसबुकमा एक स्टाट्स सेयर गर्दै आफू हिजो शनिबार साझ ०५:३० बजे समाचार सङ्कलन गर्न गाउँपालिकाको वडा नम्बर १ चिउटाहा गएको बेलामा मेरो ज्यान मार्ने उदेश्यलेनै अध्यक्ष र उनका लठैत गुण्डाहरुले कार्यकक्षमै बोलाई मलाई निर्घात कुटपिट गरेको आरोप सहितको स्टाटस लेखेर सेयर गरेका हुन।

पत्रकार नुर आलम बादशाहले फेसबुकमा लेखे अनुसार अध्यक्षको कुटपिटपछि आफू घाइते भएर सदरमुकाम कलैयाको बरेवा अस्पतालमा उपचाररत रहेको बताउनुभएको छ।

यता अध्यक्ष अन्सारीले आफूले यस् बिषयमा त्यस्तो केहि नराम्रो नगरेको र पत्रकार बादशाह नै एम्बुलेन्सको बिषयमा भएको छलफलको क्रममा दुईजना बिच भनाभन हुँदा बादशाहलेनै उल्टै ड्राईवरलाई कुटपिट गरेको आरोप लगाएका हुन् । उनले सो घटना बारे बुझ्न गाउँपालिकाको कार्यलयामा बोलाई सोध पुछ गर्ने बेला तानातान हुँदै दुवै जना एकआपसमा लडेको प्रतिक्रिया दिनु भएको हो।

तस्बिरमा पत्रकार नुर आलम बादशाह