धुर्मुस-सुन्तलीलाई पार्टी खोल्न मनोज गजुरेलको सुझाव, भन्छन्- ‘बहुमत कन्फर्म छ’

काठमाडौं := कलाकार राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढेको छ । हप्तै पिच्छे यस्तो समाचार पढ्न पाइन्छ । कतिपयले नेताले कलाकारलाई पार्टीमा स्वागत गर्न तँछाड मँछाड गरिरहेका हुन्छन् । यस्तोमा, कमेडी च्याम्पियनको शुक्रबारको श्रृंखला निकै मनोरञ्जक रह्यो । धुर्मुस-सुन्तली अतिथि बनेर कार्यक्रममा पुगेका थिए ।

आफूद्वारा निर्मित, निर्देशित फिल्म म त मर्छुकि क्या हो फिल्मलाई प्रवद्र्धन गर्न उनीहरु कार्यक्रममा पुगे। धुर्मुस-सुन्तलीसँग मिल्ने कमेडियन तथा कमेडी च्याम्पियनका जज मनोज गजुरेलले पनि ठट्टा गर्न बाँकी राखेनन्। उनले धुर्मुस सुन्तलीलाई एउटा पार्टी खोल्न सुझाव दिए । उनीहरुले पार्टी खोले बहुमत कन्फर्म भएको गजुरेलको टिप्पणी थियो ।

गजुरेलको यस्तो सुझावपछि धुर्मुसले धन्यवाद दिए । भरतपुरमा निर्माण भैरहेको क्रिकेट रंगशालामा सघाउन सीताराम र कुञ्जनाले आग्रह गरे । कमेडी च्याम्पियन टप चारमा प्रवेश गरेको छ र अन्तिम पाँचबाट विकास अर्याल बाहिरिए । धुर्मुस-सुन्तलीसँग मिल्ने कमे डियन तथा कमेडी च्याम्पियनका जज मनोज गजुरेलले एउटा पार्टी खोल्न सुझाव दिए ।