नयाँदिल्ली:= भारतमा फेरि दैनिक कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो एक दिनमा २५ हजार ७२ जना नयाँ संक्रमित थएिएका छन् । संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि बढेको तथ्यांकले देखाएको छ । पछिल्लो दिनमा भारतमा ६०७ जनाको कोरानाका कारण कारण मृत्यु भएको छ ।
गत मंगलबार ३ सय ८९ जनाको मृत्यु भएको थियो । कोरोना महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य प्रभावित भएको छ । केरलामा मात्रै ३१ हजार ४४५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ एक दिनमा २१५ जनाको मृत्यु भएको छ ।
केरलामा अहिले एक लाख ७० हजार २९२ सक्रिय संक्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयसम्म कोरोना संक्रमितको संख्या तीन करोड २५ लाख ५८ हजार ५३० रहेका छन् । भारतमा पछिल्लो समयसम्म कोरोनाका कारण चार लाख ३६ हजार ३९६ को मृत्यु भइसकेको छ ।




















