मुम्बई:= अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खानले बलिउडमा डेब्यु गर्ने तयारी गर्नुभएको छ । लाइमलाइटबाट टाढै रहने इब्राहिम खानले चाँडै नै करण जोहरको चलचित्र ‘राँकी एण्ड रानीकी प्रेम कहानी’मार्फत् बलिउडमा डेब्यु गर्न लाग्नुभएको हो ।
यसअगाडि पनि करण जोहरले कयौं स्टारकिड्सलाई बलिउडमा लञ्च गरिसक्नुभएको छ । सोही लिष्टमा इब्राहिम खानको पनि नाम सामेल हुने भएको छ । चलचित्र ‘राँकी और रानीकी प्रेम कहानी’लाई करण जोहरले निर्देशन गरिरहनुभएको छ । यो चलचित्रमा अभिनेत्री आलिया भट्ट र रणवीर कपुर मुख्य भूमिकामा रहनुभएको छ । साथै यस चलचित्रमा धर्मेन्द्र, शबना आजमी र जया बच्चन पनि मुख्य भूमिकामा रहनुहुनेछ ।



















