महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारकाे निर्णय।

दार्चुला := सरकारले महाकाली नदीमा बेप’त्ता भएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेकाे छ। बिहीवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ‘तुइन का’ट्दा’ महाकाली नदीमा ख’सेर बेप’त्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गएकाे साउन १५ गते धामी तु’इन तर्ने क्रममा महाकाली नदीमा बेप’त्ता भएका थिए, अझसम्म पनि उनकाे अवस्थाबारे थाहा भएकाे छैन । यस घटनामा छानबिनका लागि सरकारले समिति नै गठन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएकाे छ । घ’टना भएको २५ दिन बित्यो तर नेपाल सरकारले यस विषयमा केही पनि बोलेको छैन ।

जयसिंह धामीको परिवार भने न्या’यको पर्खाइमा रहेको बताउँछन्। वृद्ध आमाबुवा र श्रीमती शो’ककै कारण खान, हिँ’डडुल गर्न र मानिसहरूसँग बोल्न न’सक्ने स्थितिमा रहेको उनका भाइ नरेन्द्र धामी बताउँछन्। दुई सन्तानलाई भने बुवालाई केभयो भन्ने समेत पत्तो नभएको उनी सुनाउँछन् । आफूहरूले आर्थिक क्ष’तिपूर्ति स्वरूप केही रकम पाएको भए पनि त्यो भन्दा महत्त्वपूर्ण न्या’य नै भएको उनले बताएका छन् । तस्बिर: नयाँ पत्रिका